Wed. Jan 20th, 2021

Seto Parda

Digital Film Patrika

नेपालमा पब्जि प्रतिबन्ध

1 min read
दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोलले बनाएकाे याे अनलाइन खेल पछिल्लाे समय विश्वभर मै  सबैभन्दा बढी खेलिने खेलमा पर्छ । विशेष गरी भारतबाट यस खेलका कारण अात्महत्या, मानसिक असन्तुलन भएका घटना बाहिर अाउने गर्छन् ।

सेताेपर्दा ।

अनलाइन खेल पब्जि का कारण विश्वभरबाट मानसिक असन्तुलन, स्वास्थ्यमा खराबी, अात्महत्या लगायतका विभिन्न घटना बाहिर अाइरहेका बेला नेपालमा पनि यस खेललार्इ प्रतिबन्ध गरिएकाे छ । नेपाल प्रहरीको केन्दि्रय प्रहरी व्यूरोको अनुरोधमा  नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जि खेलमा प्रतिबन्ध लगाएकाे हाे ।

पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताएका छन् ।

केन्दि्रय प्रहरी अनुसन्धान व्यूरोले काठमाडौं जिल्ला अदालतसमक्ष पब्जि खेलमा प्रतिबन्ध लगाउन गरेको माग अदालतले मनोचिकित्कससँग परामर्श लिई खेल बन्द गर्न बुधबार स्वीकृति दिएको हो। अदालतको स्वीकृति अनुसार व्यूरोले प्राधिकरणलाई खेल प्रतिबन्ध लगाउने गरी सेवा प्रदायकलाई निर्देशन दिन पत्र लेखेको थियो।

दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोलले बनाएकाे याे अनलाइन खेल पछिल्लाे समय विश्वभर मै  सबैभन्दा बढी खेलिने खेलमा पर्छ । विशेष गरी भारतबाट यस खेलका कारण अात्महत्या, मानसिक असन्तुलन भएका घटना बाहिर अाउने गर्छन् ।

यस अघि बुल्लि, काउन्टर स्ट्राइक, ग्राण्ड थेफ्ट अटाे लगायतका खेल अपराधिक क्रियाकलापलार्इ बढावा दिएकाे भन्दै विश्व भर नै प्रतिबन्ध गरिएकाे थियाे ।

Comments

comments