Wed. Jan 20th, 2021

Seto Parda

Digital Film Patrika

क्रिकेटः नेपाललाई ऐतिहासीक सफलता

1 min read
वर्षातका कारण १० ओभरमा घटाइएको खेलमा पारस खड्का र युवा खेलाडी सन्दिप जोराको उत्कृष्ट पारीका कारण नेपालको जित सम्भव भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निधारित १० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४ रन बनाएको थियो ।

सेतोपर्दा । एकदिवसीय तथा टि–ट्वान्टि शृङ्खला खेल्नका लागि युएइ गएको नेपाली  क्रिकेट टाेलीले दुवै शृङ्खला कब्जा गरेको छ । तीनतीन खेल सम्मिलित दुवै शृङ्खला नेपालले २–१ को अग्रतामा जितेको हो । दुवैखाले फर्म्याटमा याे नेपालकाे पहिलाे जित हाे ।

एकदिवसीय र टि–ट्वान्टि दुवै शृङ्खलाको सुरुवात हारबाट गरेको नेपालले अन्ततः २–१ ले दुवै शृङ्खला जितेको हो । आइतबार सम्पन्न टि–ट्वान्टि शृङ्खलाको अन्तिम खेलमा नेपालले युएइलाई १४ रनको अन्तरले जितेको थियो ।
वर्षातका कारण १० ओभरमा घटाइएको खेलमा कप्तान पारस खड्का र युवा खेलाडी सन्दिप जोराको उत्कृष्ट पारीका कारण नेपालको जित सम्भव भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निधारित १० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४ रन बनाएको थियो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २९ र सन्दिप जोराले २८ रन बनाएका थिए । आक्रामक पारी खेलेका सन्दिपले ११ बलमा ३ छक्काको मद्दतले २९ रन बनाएका थिए । त्यस्तै १४ बल खेलेका पारसले ४ चौका र १ छक्का प्रहार गरेका थिए ।

१ सय ५ रनकाे लक्ष्य पछ्याएकाे युएइले  निर्धारित १० अाेभरमा ८ विकेट गुमाएर मात्र ९० रन बनाए पछि नेपालले खेल १४ रनले  जितेकाे थियाे । नेपालका लागि करण केसी, अभिनास बाेहरा र अभिनाश बाेहराले समान दुर्इदुर्इ विकेट लिए ।

यस अघि  नेपालका दुर्इ युवा खेलाडी राेहित पाैडेल र सन्दिप जाेराले एकदिवसीय र टिट्वान्टि अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा कम उमेरमा अर्धसतक बनाएर विश्व किर्तिमान समेत बनाएका थिए ।

Comments

comments