Mon. Mar 1st, 2021

Seto Parda

Digital Film Patrika

गाँठोले गर्यो भब्य प्रिमियर

1 min read

उषा पाण्डे।सेताेपर्दा
चलचित्र गाँठोले गर्यो भब्य प्रिमियर  प्रिमियर गरेको छ । बुधबार राजधानी स्थित जयनेपाल सिनेमा हलमा गा“ठोको प्रिमियर गरिएको हो । मौन र होस्टेल रिर्टन्स निर्देशक सुरज भुषाल निर्देशित चलचित्र गा“ठोले सम्बन्धको कथा भन्ने गर्दछ । चलचित्र कर्मी, साहित्यकारको बाक्लो उपस्थिती रहेको थियो ।
भाद्र ३१ गतेदेखि चलचित्र हलमा प्रदर्शन हुन लागेको चलचित्र गाँठोमा होस्टेल रिर्टन्सबाट चर्चा कमाएका अभिनेता नाजिर हुसेन अभय बराल र नम्रता श्रेष्ठको प्रमुख भुमिका रहेको छ ।
कार्यक्रममा बोल्दै निर्देशक भुषालले आफूले आफ्ना बिगतका दुईवटा चलचित्रबाट धेरै कुरा सिकेको भन्दै नया तरिकाले कथा पस्किएको बताए ।
त्यस्तै अभिनेता नाजिर हुसेनले आफूले धेरै मेहनत पछि एउटा चरित्रलाई जिवन्त बनाउने प्रयत्न गरेको बताउदै आफ्नो काम हेरिसकेपछी प्रतिक्रियाको अपेक्षा भएको बताए ।

14359259_970130423113758_6328469787133696900_n
नेपाली चलचित्र क्षेत्रमा चलिरहेको ट्रेण्ड भन्दा भिन्न स्वादको चलचित्र गाँठोले कथा वाचनको भिन्न शैलीलाई अंगालेकोछ । चलचित्रमा छांयाकार नरेन्द्र मैनालीको काम तारिफ योग्य छ ।
पेन्टरको भुमिकामा देखिएका नाजिरको लुक्स सार्वजनिक भएदेखि नै चर्चामा रहेका नाजिर यस चलचित्रका मुख्य आर्कषणमा रहेका छन् । पोखरा र गुल्मी आसपास खिचिएको चलचित्र शुक्रबार देखि देशभर प्रदर्शन हुदैछ ।

Comments

comments