Mon. Mar 1st, 2021

Seto Parda

Digital Film Patrika

गाँठोलाई पिजी सर्टिफिकेट

1 min read
कुनैपनि दृश्य नकाटिएको चलचित्रलाई सिधै पिजी सर्टिफिकेट दिदा सन्तुष्टि नभएपनि सेन्सरको निर्णय मान्नैपर्ने बाध्यता रहेको निर्देशक सुरज भुषालले बताए ।

सेतोपर्दा।काठमाण्डौं
चलचित्र गाँठोले सेन्सर बोर्डबाट पिजि (सोह्र बर्ष मुनिका बालबालिकालाई अभिभावको साथमा हेर्नुपर्ने) सर्टिफिकेट पाएको छ । शुक्रबार चलचित्र बिकास बोर्डमा गरिएको जाँचमा फिल्मले पिजी सर्टिफिकेट पाएको हो । भाद्र ३१ गते प्रदर्शन मिति तोकेको फिल्म गाँठो यस अघि मौन र होस्टेल रिर्टन्स निर्देशक सुरज भुषालले गरेका हुन् । सम्बन्धको बिषयमा बनेको फिल्ममा होस्टेल रिर्टन्र्स स्टार नाजिर हुसेन, अभय बराल, नम्रता श्रेष्ठ लगायको अभिनय रहेको छ । नम्रता श्रेष्ठले यसै चलचित्रबाट नेपाली चलचित्र नगरीमा डेब्यु गर्दैछिन् ।
कुनैपनि दृश्य नकाटिएको चलचित्रलाई सिधै पिजी सर्टिफिकेट दिदा सन्तुष्टि नभएपनि सेन्सरको निर्णय मान्नैपर्ने बाध्यता रहेको निर्देशक सुरज भुषालले बताए ।

cencer

बटवाल इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्रका निर्माता तिलक बहादुर क्षेत्रि, नृपेन्द्र राज जोशी र स्यंम सुरज भुषाल हुन् । चलचित्रमा अनुपम शर्माको संगीत रहेको छ । पोखरा पाल्पा र गुल्मी आसापासमा खिचिएको चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका हुन् । चलचित्र भाद्र ३१ गतेदेखि नेपालभर प्रदर्शन हुदैछ ।

हेर्नुहोस् ट्रेलर

Comments

comments