Mon. Mar 1st, 2021

Seto Parda

Digital Film Patrika

गाँठोको पोस्टर रिलिज

1 min read
रिलिज गरेको ट्रेलरमा आवाज विहीन देखिएका नाजिर फिल्ममा बोल्छन् वा बोल्दैनन् भन्ने कुरा खुलाउन नचाहेको निर्माण पक्षले । सुरुवाती देखि नै नयाँ तरिकाले फिल्मको प्रचार प्रसार गरेको छ ।

सेतोपर्दा।काठमाण्डौं
मौन र होस्टेल रिर्टन्स निर्देशक सुरज भुषाल निर्देशित फिल्म गाँठोले पोस्टर सार्वजनिक गरेको छ । भाद्र ३१ गते प्रदर्शन मिति तोकेको गाँठोले यस अघि क्यारेक्टर पोस्टर, टिजर र ट्रेलर भने सार्वजनिक गरिसकोको छ ।
सम्बन्ध कथा भन्ने भनिएको फिल्म गाँठोको थिम पेन्टिङ्ग भएकाले त्यसै अनुरुप पोस्टर डिजाइन गरिएको निर्देशक सुरज भुषालले बताए ।
होस्टेल रिर्टन्स स्टार नाजिर हुसेन, अभय बराल र नम्रता श्रेष्ठको मुख्य अभिनय रहेको गाँठोले पोस्टर पनि ति तीनै पात्रलाई हाईलाईट गरेको छ ।
सम्राटको भुमिका देखिएका नाजिर हुसेन पेन्टरको भुमिकामा देखिदैछन् । रिलिज गरेको ट्रेलरमा आवाज विहीन देखिएका नाजिर फिल्ममा बोल्छन् वा बोल्दैनन् भन्ने कुरा खुलाउन नचाहेको निर्माण पक्षले । सुरुवाती देखि नै नयाँ तरिकाले फिल्मको प्रचार प्रसार गरेको छ ।
बटवाल इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मका निर्माता तिलक केसी र नृपेन्द्र जोशी हुन् ।

हेर्नुहोस पोस्टर

Poster_Abhay&Namrata s

Poster_NajirPainting s

Comments

comments