Mon. Mar 1st, 2021

Seto Parda

Digital Film Patrika

गाँठोले गऱ्यो ट्रेलर रिलिज

1 min read
यस अघि मौन तथा होस्टेल रिर्टन्स निर्देशन गरेर चर्चा कमाएका निर्देशक भुषालले निर्देशन गरेको भएर पनि दर्शकको प्रतिक्षित फिल्म हो ।

भाद्र ३१ गते प्रदर्शन मिती तोकेको फिल्म गाँठोले ट्रेलर सार्वजनिक गरेको छ । सुरज भुषाल निर्देशित चलचित्र गाँठोले सम्वन्धको कथा बोकेको निर्देशक भुषालले बताए । यस अधि सार्वजनिक गीत तथा टिचरबाट चर्चा कमाईरहेको फिल्मको ट्रेलर शुक्रवार युट्युव मार्फत सार्वजनिक गरेको हो ।

यस अघि मौन तथा होस्टेल रिर्टन्स निर्देशन गरेर चर्चा कमाएका निर्देशक भुषालले निर्देशन गरेको भएर पनि दर्शकको प्रतिक्षित फिल्म हो । यस अधि होस्टेल रिर्टन्सबाट चर्चा कमाएका अभिनेता नाजिर हुसेन तथा अभय बराल अभिनित फिल्ममा नम्रता श्रेष्ठले यसै फिल्म मार्फत सिने नगरीमा डेब्यु गर्दैछीन् । बटवाल इन्टरटन्मेन्ट प्रालिको ब्यानरमा बनेको फिल्ममा तिलक क्षेत्रि नृपेन्द्र राज जोशी र स्यंम सुरज भुषालको लगानी रहेको छ । चलचित्रमा अनुपम शर्माको संगीत रहेको छ । पोखरा पाल्पा र गुल्मी आसापासमा खिचिएको चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका हुन् ।

हेर्नुहोस ट्रेलर

Comments

comments