Mon. Mar 1st, 2021

Seto Parda

Digital Film Patrika

‘गाँठो’ले गऱ्यो बाईक ऱ्याली

1 min read
नक्साल बाट सुरु भएको बाईक ऱ्याली महाराजगञ्ज, गौशाला, तिनकुने, कोटेश्वर, बालकुमारी, सातदोबाटो, कुमारीपाटी, जावलाखेल, नख्खु, कंलकी, टेकु, दरवारमार्ग हुदै, नक्साल गएर टुगिंएको थियो ।

उषा पाण्डे।सेतोपर्दा

फिल्म ‘गाँठो’ले राजधानीमा बाइक ऱ्याली गरेको छ। फिल्मको प्रचार प्रसारका लागी नौलो प्रयास गरिएको ‘गाँठो’ टिमले बतायो । गाँठो र टिभिएसको सहकार्यमा गरिएको सम्वन्धको गाँठो नाम दिईएको काठमाण्डौं को नक्साल बाट सुरु भएको बाईक ऱ्याली महाराजगञ्ज, गौशाला, तिनकुने, कोटेश्वर, बालकुमारी, सातदोबाटो, कुमारीपाटी, जावलाखेल, नख्खु, कंलकी, टेकु, दरवारमार्ग हुदै, नक्साल गएर टुगिंएको थियो ।

कार्यक्रममा बोल्दै चलचित्रका नायक नाजिंर हुसेनले बाइक ऱ्यालीमा भएको सहभागीताले झन उत्साहीत भएको बताएदै यो चलचित्र मार्फत आफूलाई फरक भुमीकामा पाउने बताए । कार्यक्रममा नम्रता श्रेष्ठले आफ्नो पहिलो फिल्म भएकाले सबैले माया गरिदीन आग्रह गरिन ।
त्यस्तै अभय बरालले नेपाली मौलीक कथा बोकेको फिल्म भएकाले दर्शक र नेपाली सिनेमा संग दर्शकको गाँठो कसिनेमा आफू निश्चन्त रहेको बताए ।
gaatho_bikee

बाक्लो रुपमा संचारकर्मी, सिनेकर्मीहरुको उपस्थिीमा करिब ५५ बाईकमा सय जना मानिसले काठमाण्डौं परिक्रमा गरेका थिए।
सम्वन्धको बिषयमा बनेको नेपाली कथानक चलचित्र बटवाल इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्र हो।
ऱ्याली पश्चात भएको कार्यक्रमा बोल्दै चलचित्रका निर्देशक सुरज भुषालले कर्पोरेट क्षेत्रको सहयोगले नेपाली चलचित्रलाई प्रचार प्रसारका लागी गर्ने यस्ता सहयोगले नेपाली सिनेमा उद्योगको विकासका लागी ठूलो योगदान पुऱ्याउने बताए ।
साथै जगदम्वा मोर्टसका मार्केटिग प्रमुख विक्रम पौडेलले नेपाली सिनेकालागी सानो सहयोग गर्न पाउँदा हर्षित भएको भन्दै आगामी दिनहरुमा अझ मिलेर अगाडी बढ्न सकीने बताए।

nazir_gaatho

कार्यक्रममा जगदम्वा मोर्टसका तर्फबाट विक्रम पौडेलले सम्बन्धको गाँठो भन्दै मायाको चिनो समेत हस्तानान्तरण गरेका थिए ।
भाद्र ३१ गते रिलिज डेट तोकीएको चलचित्रका निर्माता तिलक केसी र नृपेन्द्र जोशी हुन् ।

Comments

comments