प्रदर्शन पूर्व नै ‘गाँठो’ले सुरक्षित गऱ्यो लगानी
1 min read
उषा पाण्डे। सेतोपर्दा
पछिल्लो समय नेपाली फिल्महरु नेपाली बजारको मात्र भर पर्नुपर्ने स्थिती बिस्तारै पातलिदै गएको छ । अहिले पोष्ट प्रोडक्सनमा रहेको र भाद्र ३१ गते लाई प्रदर्शन मिती तोकेको चलचित्र ‘गाँठो’ले रिजिल अगाबै आफ्नो लगानी सुरक्षित गरेको छ । कमेरो इभेन्टले अष्ट्रेलियाका लागी १५ लाखमा चलचित्र किनेको हो । ‘मौन’ र ‘होस्टेल रिर्टन्स’ निर्देशक सुरज भुषालले निर्देशन गरेको चलचित्र भएकाले गाँठोको लागी उक्त पैसा तिर्न आट गरेको कमेरो इभेन्टका राजिव भुषालले बताए । साथै अष्ट्रेलिया बाटै अगष्ट २७ तारिक का दिन गाँठोले वल्र्ड प्रिमियर गर्दैछ ।
त्यस्तै ३५ लाखमा यस अघि नै हाईलाईटस् नेपाललाई गाँठोको डिजिटल राईट्स बेचिसकेको छ । भ्याली भित्र वितरणको जिम्मा लिएका गोबिन्द शाही बाट १० लाख एडभान्स लिईसकेको र भ्याली बाहीर बितरक एफ.डीले मिनिमम २० लाख ग्यारेण्टी गरिसकेको छ । साथै अमेरिका र युकेका लागी ओभसिज राईट्सका लागी कुरा भैराखेको र केही दिनमा लगभग फाईनल हुने बताउदै यि दुई देशबाट आफ्नो लगानी लगभग सुरक्षित हुने निर्देशक सुरज भुषालले सेतोपर्दा संग बताए ।
यस अघि ‘मौन’ र ‘होस्टेल रिर्टन्स’ निर्देशन गरेका सुरजको मौन समिक्षकहरुको नजरमा उत्कृष्ट चलचित्र हो भने ‘होस्टेल रिर्टन्स्’ गत बर्षको ब्यवसायिक रुपमा सफल चलचित्र हो ।
रंगमञ्चको पृष्ठभुमी बाट चलचित्रमा आएका नाजिर हुसेन र अभय वराल अभिनीत चलचित्र दर्शकका लागी प्रतिक्षित चलचित्रको सुचिमा रहेको छ । होस्टेल रिर्टन्स्मा रामेश्वर यादवको भुमीका देखिएका नाजिर त्यही फिल्मबाट चर्चीत बनेका हुन् । त्यस पश्चात अभिनय गरेका जंगे फिल्मको खासै चर्चा नभएपनी नाजिरको अभिनयको राम्रै प्रशंसा भएको थियो।
आफुले यो चलचित्रमा धेरै मेहनत गरेको भन्दै, ‘गाँठो’ चलचित्र आफ्नालागी ड्रिम प्रोजेक्ट भएको सेतोपर्दा संग बताए ।
गाँठोमा नाजिर हुसेन, अभय बरालको अलवा नम्रता श्रेष्ठको मुख्य भुमिका रहेको छ ।