Mon. Mar 1st, 2021

Seto Parda

Digital Film Patrika

बन्नेभो ‘ब्लाइण्ड रक्स’

1 min read
नक्कली डाक्टरको बिगबिगीले अहिले जताततै तातिरहेको बेलामा मिलन चाम्सले वायो पिक फिल्म 'ब्लाइण्ड रक्स' निर्माण गर्ने भएकाछन् । डाक्टरको लापरबाहिका कारण सोह्र वर्षको उमेरमा आँखाको ज्योती गुमाएकी सृष्टी के.सी.को जिवन सघंर्ष र भोगाइको कथामा फिल्म बनाउन लागीएको हो ।

उषा पाण्डे।सेतोपर्दा

नक्कली डाक्टरको बिगबिगीले अहिले जताततै तातिरहेको बेलामा मिलन चाम्सले वायो पिक फिल्म ‘ब्लाइण्ड रक्स’ निर्माण गर्ने भएकाछन् । डाक्टरको लापरबाहिका कारण सोह्र वर्षको उमेरमा आँखाको ज्योती गुमाएकी सृष्टी के.सी.को जिवन सघंर्ष र भोगाइको कथामा फिल्म बनाउन लागीएको हो । दृष्टि गुमेपनी २५ वर्षकी सृष्टिले  स्नातकमा नेपाली बिषयमा त्रिभुवन विश्वविद्यालय टप गरेर आफुलाई सामान्य मानिस भन्दा अब्बल प्रमाणित गरेकी छन् । शारिरीक अशक्त मात्र होइन सामान्य मानिसको पनी प्रेरणाको स्रोत हुन सक्ने भएकाले यो वायोपिक फिल्म बनाउन आटेका निर्माण पक्षले जानकारी दियो । उनले गरेको कामले धेरैको प्रेरणाको स्रोत समेत बनेकी छिन् । यस अघि ‘हसिया’ र ‘विरबिक्रम’ निर्देशन गरेका चाम्सको यो तेस्रो फिल्म हो ।  फिल्मलाई निकेश लिम्बुले निर्माण गर्ने छन् भने अर्पण थापा, वेनिशा हमाल, नाजिर हुसेन, गौरी मल्ल, प्रज्जवल सुजल गिरी, शिशिर राणा, दिपक गुरुङ प्याट्म्यान लगाएतका कलाकारको भुमिका रहने छ । श्रृष्टीको भुमिकामा देखिने नायिका वेनिशा हमालले आफूलाई उनको चरित्रमा उर्तान समय लाग्ने र यसमा शत प्रतिशत दिने समेत बताइन् ।
यम थापाले तयार गरेको कथा ब्लाइन्ड रक्सको सुटिङ कार्तिक ३ बाट सुरु हुने भएको छ । च्याम्स इन्टरटेन्टमेन्ट र एन फिल्मस एन्ड क्रियसनको ब्यानरमा बन्ने फिल्मको काठमाडौं र भारतमा सुटिङ गरिने भएको छ ।

Comments

comments