Mon. Aug 10th, 2020

Seto Parda

Digital Film Patrika

माला पछी सयपत्री

1 min read
सैनिकको प्रेम कथामा आधारित रहेर बन्ने भनीएको फिल्ममा सुरज सिंह ठकुरी मुख्य भुमीकामा रहनेछन् । सुरजका अलावा आंकाक्षा कार्की र सन्दिप क्षेत्रीको समेत अभिनय रहने छ ।

माला निर्देशक बबी भुपाल सिंहले अर्को नयाँ चलचित्र ‘सयपत्री’ बनाउने घोषणा गरेकाछन् । बुधबार राजधानी को होटल हिमालयमा भएको एक कार्यक्रममा फिल्म ‘सयपत्री’को औपचारिक घोषणा गरिएको हो ।
एक सैनिकको प्रेम कथामा आधारित रहेर बन्ने भनीएको फिल्ममा सुरज सिंह ठकुरी मुख्य भुमीकामा रहनेछन् । सुरजका अलावा आंकाक्षा कार्की र सन्दिप क्षेत्रीको समेत अभिनय रहने छ ।
नेपाली सेनाका प्रधानसेनापती राजेन्द्र क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै क्षेत्रीले आफूले बब्बीको फिल्म राम्रो लागेको र यसपटक पनी राम्रो गर्नु भन्दै शुभकामना दिए । कलाकार सुरजले भने आफु बाबा संगै सैनिक ब्यारेकमै हुर्कीएको र आर्मी बन्ने चाहना हुदाहुदै पनी असफल भएकाले सिनेमा मा यो भुमीका गर्नु पाउदा उत्साहीत भएको बताए ।

Sayapatri_nepali_movie

Comments

comments