Mon. Aug 10th, 2020

Seto Parda

Digital Film Patrika

प्रचार शैली फेर्दै दिनेश डिसी

1 min read
‘फूलैफूलको मौसम तिमीलाई’ मार्फत् पहिलो पटक निर्माता समेत बनिरहेका निर्देशक दिनेश डिसी ‘बोलेरै पिठो बिकाउन सक्ने’ मा पर्छन् । यसपटक भने उनले फिल्म प्रचार शैलीमा केही फेरबदल गरेका छन् ।

‘फूलैफूलको मौसम तिमीलाई’ मार्फत् पहिलो पटक निर्माता समेत बनिरहेका निर्देशक दिनेश डिसी ‘बोलेरै पिठो बिकाउन सक्ने’ मा पर्छन् । यसपटक भने उनले फिल्म प्रचार शैलीमा केही फेरबदल गरेका छन् ।
‘मायाज बार’, ‘छ एकान छ’ मा आफैं बोलेर फिल्मको प्रचारलाई व्यापक पारेका दिनेशले यतिबेला ‘फूलैफूलको मौसम तिमीलाई’ को प्रचारमा भने अरुलाई नै बकाएका छन् ।
अमिर अलि मुख्य निर्माता रहेको फिल्म ‘फूलैफूलको मौसम तिमीलाई’ फागुन २१ देखि देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्मको सम्पूर्ण मुनाफा धादिंग मजुवामा तुईनलाई विस्थापित गरी झोलुंगे पुल निर्माणका लागि प्रदान गरिने घोषणा गरिसकेका दिनेशलाई यतिबेला प्रचारमा सहायता गर्ने सहयोगी मनहरु देखापरेका छन् ।
साग गेममा देशलाई स्वर्ण पदक जिताउन अह्म भुमिका खेलेका विंगर नवयुग श्रेष्ठले ‘फूलैफूलको मौसम तिमीलाई’ को सामाजिक कार्यबाट आफु प्रभावित भएको र फिल्म हेरेर प्रोत्साहन गर्न सबैमा आग्रह गरेका छन् । नवयुगले भिडियो सन्देशमार्फत् आफु पनि पहिलो दिन पहिलो शोमा नै फिल्म हेर्न आतुर रहेको जिकिर गरेका छन् ।

unnamed

                                                                                                                                                        त. सौजन्य : दीप विमली
त्यसैगरी सोमबार मात्रै देशभरका १९ एफएम स्टेशनले ‘फूलैफूलको मौसम तिमीलाई’ का हरेक प्रचार सामाग्री निःशुल्क बजाउने घोषणा गरेका छन् । फिल्मले निःस्वार्थ भावका साथ नाफा सबै झोलुंगे पुल बनाउन खर्चिने बताएकोले आफुहरुले पनि सहयोगमा साथ दिएको उक्त एफएमहरुले बताएका छन् । केही अघि दिनेश डिसीले राजेशपायल राईले फिल्ममा गाएको शीर्ष गीतको कभर सङ अर्का गायक नवीन के भट्टराईलाई गवाएका थिए ।
निर्देशक दिनेशले ६५ लाख रुपैयाँ बजेटमा फिल्म तयार पारेको बताउँदै कदाचित् फिल्मले नाफा गर्न नसकेको खण्डमा पनि साढे सात लाख रुपैयाँ झोलुंगे पुल निर्माणका लागि सुरुवाती रकमका रुपमा प्रदान गर्नेमा पुनः आश्वस्त पारे । अझै पनि धादिंगका स–साना बालबालिकादेखि किसानहरु तुईनको फलामे तारमा घिस्रिदै त्रिशुली नदी पार गर्न विवश छन् । प्रधानमन्त्री भएपछि केपी शर्मा ओलीले पहिलो निर्णयमार्फत् पनि देशलाई दुई वर्षभित्रमा तूइनरहीत बनाउने उद्घोष गरिसकेका छन् ।
दिनेश डिसी फिल्मको म्युजिक लन्च प्रधानमन्त्री ओलीकै हातबाट गराउन सफल भएका थिए । उक्त जमघटमा प्रम ओलीले दिनेशलाई आफु फिल्म हेर्न इच्छुक रहेको भन्दै दश टिकट किनेरै फिल्म हेर्ने जिकिर गरेका थिए । फिल्ममा आमेश भण्डारी र निता ढुंगानाको मुख्य अभिनय रहेको छ । सुपर नेचुरल पावरमा आधारित नेपालको पहिलो फिल्म भनिएको ‘फूलैफूलको मौसम तिमीलाई’ मा निताको दोहोरो भुमिका रहेको छ ।

Comments

comments