Mon. Aug 10th, 2020

Seto Parda

Digital Film Patrika

रेखाको ‘राम’ अवतार

1 min read
फिल्ममा राम र प्यारीको दोहोरो चरित्रमा देखिएकी रेखाले राम लेखिएकै गेरु बस्त्रमा रुद्राक्ष धारण गरी रुद्राक्षकै माला हातमा लिएकी राम चरित्रलाई दर्शकमाझ ल्याएकी हुन् ।

नायिका रेखा थापा आफ्ना फिल्मको रिलिजअघि चरित्रलाई उकास्न माहिर छिन् । उनी कहिले काली त कहिले हिम्मतवाली रेखाका रुपमा आफुलाई चिनाएर फिल्मको प्रचार प्रसार गर्छिन् । यतिबेला रामप्यारी रेखा बनेकी उनले बिहिबार आफ्नो राम अवतार सार्वजनिक गरेकी छन् ।
रेखा स्वयंको अभिनय तथा निर्माण रहेको फिल्म ‘रामप्यारी’ को विहिबार पहिलो पोष्टर सार्वजनिक गरिएको हो । फिल्ममा राम र प्यारीको दोहोरो चरित्रमा देखिएकी रेखाले राम लेखिएकै गेरु बस्त्रमा रुद्राक्ष धारण गरी रुद्राक्षकै माला हातमा लिएकी राम चरित्रलाई दर्शकमाझ ल्याएकी हुन् । जसमा रेखाको थाई कट काटिएको कपाल देख्न सकिन्छ । प्यारीको चरित्र भने टेम्पो चालकको रहेको रेखाले यसअघि नै पुष्टि गरिसकेकी छन् ।

rampyari rekha

सविर श्रेष्ठको निर्देशन रहेको उक्त फिल्म चैत २६ देखि देशभर लाग्दैछ । पछिल्लो समय महिला प्रधान फिल्म मार्फत् महिला शसक्तिकरणको बाटोमा लागेकी रेखाले ‘रामप्यारी’ बाट पनि सक्षम महिलाको परिचय दिने घोषणा गरेकी छन् । टेम्पो चलाउने महिला दिदी बहिनीकै कारणबाट प्रेरित भई फिल्म बनाएको रेखाले बताएकी छन् । फिल्ममा रेखासहित आभाष अधिकारीले डेब्यू गर्दैछन् भने सविन श्रेष्ठ, आश्मा डिसीलगायत पनि फिल्ममा हुनेछन् ।

Comments

comments