Mon. Aug 10th, 2020

Seto Parda

Digital Film Patrika

रामबाबुको ‘पुरानो डुंगा’ मा दया–प्रियंका

1 min read
तालमा डुंगा खियाएर परिवारको गर्जो टारिरहेको भक्तबहादुर भुजेलले भाई बतासबहादुरसँगको अंशबन्डामा डुंगा गुमाएपछि आईपर्ने पारिवारिक समस्यामै फिल्मको मुख्य कथा अघि बढ्नेछ । ‘कबड्डी’ का विरकाजी दयाहाङले नै फिल्मको बिँडो समाउने छन् भने उनको अपोजिटमा नायिका प्रियंका कार्की हुनेछिन् ।

मुस्ताङ नैरीकोटका थकाली समुदायको रीतिरिवाज र जिवनशैलीलाई टिपेर ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’ बनाएका निर्देशक रामबाबु गुरुङ अब भने डुंगा चलाएर जिविकोपार्जन गर्ने बोटेहरुको कथामा फिल्म बनाउने भएका छन् । ‘पुरानो डुंगा’ नाम राखिएको उक्त फिल्मको सोमबार एक कार्यक्रम गरी जानकारी दिइयो ।

IMG_0883

तालमा डुंगा खियाएर परिवारको गर्जो टारिरहेको भक्तबहादुर भुजेलले भाई बतासबहादुरसँगको अंशबन्डामा डुंगा गुमाएपछि आईपर्ने पारिवारिक समस्यामै फिल्मको मुख्य कथा अघि बढ्नेछ । ‘कबड्डी’ का विरकाजी दयाहाङले नै फिल्मको बिँडो समाउने छन् भने उनको अपोजिटमा नायिका प्रियंका कार्की हुनेछिन् । रौनकविक्रम कँडेल, ओमचन्द्र रौनियार र धनबहादुर गुरुङ त्रयको लगानी रहने फिल्मको पटकथा रामबाबु र कवि उपेन्द्र सुब्बा मिलेर लेखेका हुन् ।

purano dunga

‘कबड्डी कबड्डी’ मा झाँक्री बन्दा सार्वजनिक स्थलमा मुख देखाउन समेत लाज भएको प्रसंगलाई ठट्यौली पारामा सुनाउँदै उपेन्द्रले गम्भीर कुरा सुनाए, ‘अब देखि नखेल्ने । म फिल्मदेखि भाग्न खोज्छु, रामबाबु तानेर ल्याउनुहुन्छ ।’

Upendra subba

‘कबड्डी’ मा समेत पटकथामा सघाएका उपेन्द्रले फिल्म लेखनमा साहित्यकारहरुको अरुची रहेको दलिल पेश गर्दै सुनाए, ‘ खासमा साहित्यकारहरु फिल्मप्रति त्यती उदार छैनन् । एउटा किताब लेख्दा २०-२२ लाख रुपैयाँसम्म कमाईन्छ भने आफ्नो राम्रो कथालाई फिल्मका लागि २-३ लाखमा कसले दिन्छ ? म त भन्छु, फिल्म मेकर स्वयं लेखक हुनुहोस् ।’ उनले भने रामबाबुको आग्रह हार्न नसकेर पटकथा लेखनमा लागिरहेको पनि जिकिर गरे ।

IMG_0864

निर्देशक निश्चल बस्नेतले पनि अब करिअर नै बनाउने गरी फिल्म क्षेत्रमा आउन नवप्रवेशीलाई आग्रह गरे । उनले भने, ‘अब सौखका लागि मात्रै बनाउँछु भनेर हैन की प्रोफेसन बनाउँछु भनेर आउनुहोस् । फिल्म बनाउँछु भनेर मात्रै हैन राम्रो बनाएर चल्ने फिल्म बनाउँछु भनेर आउनुस् ।’ चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राईले पनि राम्रा फिल्मकर्मीको आवश्यकतालाई औंल्याएका थिए ।

IMG_0858

फिल्मको कथाकार समेत रहेका माओत्से गुरुङले भने ‘पुरानो डुंगा’ बारे नै बोल्न चाहे । भने, ‘पुरानो डुंगा भनेपछि पक्कै खोला वा तालसँग सम्बन्ध राख्छ । म आफैं बेगनास ताल सेरोफेरोमा हुर्केको हुनाले तालमा जिवनयापन गर्ने बोटे, माझीको मर्म र थुप्रै घटना देखेको छु । ती घटनाले मलाई छुन्थ्यो । अनि रामबाबबुलाई बेला बेला सुनाउने गर्थें । आखिर त्यो फिल्म बन्ने आधार बनेछ ।’

purano dunga

पोखरामा रहेर गुरुङभाषी फिल्म बनाउँदै आएका माओत्से ‘पुरानो डुंगा’ मा अभिनय पनि गर्दैछन् । त्यसबाहेक मेनुका प्रधान, बुद्धि तामाङ, पुष्कर गुरुङ, धनबहादुर गुरुङ, सजन थापा, नौजङ गुरुङ, विश्वास गुरुङ र पुर्णिमा गुरुङको पनि फिल्ममा अभिनय रहनेछ । माघ अन्त्यदेखि फिल्मको सुटिंग थालिने बताइएको छ ।
प्रियंकाले रामबाबुको टीमसँग आबद्ध भई काम गर्न पाउँदा आफुलाई भाग्यमानी ठानेको टिप्पणी गरेकी थिइन् । जबकी ‘कबड्डी कबड्डी’ मा पनि उनले अतिथि भुमिका निर्वाह गरेकी थिइन् । अस्वस्थताका कारण दयाहाङ भने फिल्म घोषणा कार्यक्रममा उपस्थित हुन सकेनन् ।

Comments

comments