Mon. Aug 10th, 2020

Seto Parda

Digital Film Patrika

हिन्दी फिल्ममा रेश मरहठ्ठा

1 min read

नायक तथा मोडल रेश मरहठ्ठाले हिन्दी फिल्ममा डेब्यू गरेका छन् । सन्जय शर्माको निर्देशन रहेको फिल्म ‘पारानर्मल’ मा रेश अनुबन्ध भएका हुन् ।
हिमान्चल प्रदेशको मनालीमा एक महिनादेखि जारी सुटिंगमा रेशले थोमस नामक एक क्रिस्चियन युवकको भुमिका निर्वाह गरिरहेका छन् । फिल्ममा उनको को–एक्टर निता सेठ्ठी रहेकी छन् । यसअघि ‘गदर : एक प्रेमकथा’, ‘अपने’ र ‘वीर’ जस्ता बलिउडका हिट फिल्म निर्माण गरिसकेको शान्तकेतन फिल्मस्ले नै ‘पारानर्मल’ बनाएको हो ।
निर्देशक सन्जयले रेशलाई प्रतिभाशाली र राम्रो अभिनेताका रुपमा चिनेको बताउ“दै आफु उनको कामबाट प्रभावित भएको पनि जिकिर गरेका छन् । सन्जयले रेशलाई बलिउडमा समेत इन्ट्री मार्न सुझाव दिएका छन् ।

IMG-20160207-WA0010
फिल्ममा रेश र नितासहित राजवीर सिंह, प्रीतकमल, चन्दन रोय सयाँल, सोनाली राउतलगायतको पनि अभिनय रहेको छ । सोनाली बीग बोसबाट चर्चामा आएकी हुन् । आइटम डान्स समेत रहेको यस फिल्ममा उनले अमिना नामक एक बार डान्सरको भुमिका निर्वाह गरिरहेकी छन् । अनुसन्धानमुलक हरर÷थ्रीलर भनिएको फिल्ममा रेशको भुमिकाबारे खुलाइएको छैन । नायकले आफ्नो भुमिका सस्पेन्स रहेको भन्दै खुलाउन चाहेनन् । फिल्म चार/पाँच महिनाभित्र रिलिज हुने बताइएको छ । यस फिल्मलाई बलिउडकै पहिलो पारानर्मल कन्टेन्टमा बनाइएको फिल्म दाबी गरिएको छ ।
अमेरिकामा अध्ययन गरेका रेशले हलिउड फिल्मको समेत अनुभव लिएका छन् । स्वदेशी फिल्ममा भने उनी उति जम्न सकेनन् । पछिल्लो पटक उनी अभिनित फिल्म ‘मेरो वेष्टफ्रेन्ड’ रिलिज भएको थियो ।

Comments

comments