Tue. Aug 4th, 2020

Seto Parda

Digital Film Patrika

नाटक लिएर आउँदै ‘पशुपतिप्रसाद’

1 min read
‘भनेजति समय दिन नपाएकैले माघ २१ मै शुरु गर्ने भनिएको नाटकलाई एक सातापछि सार्नुपर्‍यो’ खगेन्द्रले सेतोपर्दासँग भने । फिल्म दोस्रो सातामा पुग्दा दर्शक चाप झन् बढेपछि मुख्य अभिनेताले नाटकमा समय दिन गाह्रो परिरहेको हो ।

खगेन्द्र लामिछानेलाई हिजोआज पशुपतिप्रसादले चिन्न थालिएको छ । माघ १५ देखि रिलिज फिल्म ‘पशुपति प्रसाद’ मा सोही नामको शीर्ष भुमिकामा अभिनय गरेका खगेन्द्र यतिबेला भने नाटकको तयारीमा जुटिरहेका छन् ।
हलमा फिल्म सफलतापूर्वक चलिरहेका बेला उनी भने राजधानीको लाजिम्पाटस्थित थिएटर भिलेजमा करिब एक दर्जन रंगकर्मीको टोलीलाई नाटक ‘दाँतको डोव’ को रिहर्सलमा खटाईरहेका छन् । र, उनी आफ्नैं पनि फिल्मको प्रमोसन र नाटकबीचको खटनले तारतम्य मिलाउन गाह्रो भईरहेको सुनाउँछन् ।

khagendra-lami
‘भनेजति समय दिन नपाएकैले माघ २१ मै शुरु गर्ने भनिएको नाटकलाई एक सातापछि सार्नुपर्‍यो’ खगेन्द्रले सेतोपर्दासँग भने । फिल्म दोस्रो सातामा पुग्दा दर्शक चाप झन् बढेपछि मुख्य अभिनेताले नाटकमा समय दिन गाह्रो परिरहेको हो ।
‘मेरै बाल्यकालमा भोगेको एउटा बिर्सनै नसकिने घटनालाई धेरै अगाडी नाटकमा ढाल्ने इच्छा हो । अहिले आएर बल्ल साइत जुरेको छ’ त्यसो त ‘पशुपति प्रसाद’ पनि उनैले लेखेका हुन् । जसमा बाआमाले मृत्युअघि छोडेर गएको ऋण तिर्न र पितृलाई स्वर्ग तार्न भन्दै पशुपतिप्रसाद राजधानीको पाशुपत क्षेत्र आएर गरेको संघर्ष समेटिएको छ ।
रंगमञ्चबाट अभिनय तथा लेखन यात्रा सुरु गरेका खगेन्द्रले ‘टलकजंग भर्सेस टुल्के’ मा पनि टुल्केको शीर्ष भुमिकाबाट वाहवाही बटुलेका थिए । रंगमन्चमा भने खगेन्द्रले ‘पीडा गीत’, ‘अटलबहादुरको आतंक’, ‘पानी फोटो’ लगायतका नाटकहरुमा लेखन तथा निर्देशन गरिसकेका छन् ।
नाटक ‘दाँतको डोव’ मा भने उनी निर्देशनमा मात्रै हुनेछन् भने अभिनयमा प्रकाश दहाल, अनोज पाण्डे, रेनुका कार्की, शिशिर सिवाकोटी लगायत रहनेछन् । नाटकलाई टुकी आटर््स र थिएटर भिलेजले संयुक्त रुपमा प्रस्तुत गर्न लागेको नाटक माघ २८ देखि थिएटर भिलेजमै मन्चन गरिनेछ ।

khagendra-La

Comments

comments