Mon. Aug 10th, 2020

Seto Parda

Digital Film Patrika

योरुनाका पक्षमा नायिकाले बाले मैनबत्ती

1 min read
पोखराकी योरुना पुन (नेहा) को बलात्कारपछि हत्या गरिएपछि उक्त घटनाले सनसनी मच्चायो । प्रहरी प्रशासनले अझै अपराधी पहिचान गर्न सकेको छैन । यथाशीघ्र पहिचान गरी हत्यारालाई हदैसम्मको कारवाही गर्न र पीडित परिवारलाई न्याय दिन दबाबस्वरुप नायिकाहरुले शनिबार साँझ माइतीघर मण्डलामा मैनबत्ती बालेका छन् । नेहा मगरभाषी फिल्मकी नायिका समेत हुन् ।

Neha-Pun-missnepal

नायिका ऋचा शर्माले फेसबुकमार्फत् आह्वान गरेको दीप प्रज्ज्वलन कार्यक्रममा निशा अधिकारी, प्रियंका कार्की, आना शर्मा, झरना थापा, नन्दिता केसी, माल्भिका सुब्बा, रीमा विश्वकर्मा, दिया मास्के, दिपाश्री निरौला, मिस नेपाल इभाना मानन्धरसहितको बाक्लो उपस्थिती रहेको थियो ।

हेर्नुहोस् माईतीघर मण्डलामा भएको कार्यक्रमको भिडीयो

‘दोषीले जतिसक्दो छिटो सजायँ पाओस् र पीडितले न्याय पाऊन् भन्ने आशामा हामीले केवल आवाज मात्रै उठाउन खोजेका हौं’ नायिका ऋचा शर्माले भनिन् ।

Neha-pun-Priyankakarki

मिस नेपाल इभानाले भने यस्ता कार्यक्रमले मात्रै महिला हिंसा नरोकिने जिकिर गर्दै त्यसका लागि सरकार र प्रहरी प्रशासन नै चनाखो हुनुपर्ने धारणा राखेकी थिइन् । दीप प्रज्ज्वलनमा अधिकांश महिला र नायिकाहरुको उपस्थिती थियो भने पुरुष सेलिब्रिटी भने खासै देखिएनन् ।

Neha-Pun-Maitighar

Neha-pun-Rima-Bishwakrama

neha_pun_missnepal

Comments

comments