Mon. Mar 1st, 2021

Seto Parda

Digital Film Patrika

‘गाँठो’ पार्दै सुरज, नम्रता श्रेष्ठ–नाजिर हुसेन लीडमा

1 min read
यसअघि ‘र्‍याग्स गाइज’ निर्माणको घोषणा गरेका उनले विविध कारणले गर्दा अलिक पछि मात्रै बन्ने र त्यो भन्दा अघि ‘गाँठो’ बन्नेछ’ निर्माता समेत रहेका भुसालले भने ।

नायिका नम्रता श्रेष्ठ र नायक अर्पण थापालाई लिएर ‘मौन’ फिल्मबाट निर्देशनमा डेब्यू गरेका सुरज भुसालले यतिबेला भने तेस्रो फिल्मको रुपमा ‘गाँठो’ बनाउने घोषणा गरेका छन् । सस्पेन्स लभस्टोरी भनिएको उक्त फिल्ममा सुरजले नम्रता श्रेष्ठ र नाजिर हुसेनको जोडीलाई लिएका छन् । नम्रताले यसै ‘गाँठो’ बाट डेब्यू गर्न लागिएकी हुन् भने नाजिरलाई लिएर सुरजले यसअघि ‘होस्टेल रिटन्र्स’ बनाइसकेका छन् । ‘गाँठो’ मा सोही फिल्मका अर्का कलाकार अभय बराल पनि दोहोरिएका छन् ।

12654207_954562707932438_9113895469011652154_n
नाजिर हुसेन

भुसालले आइतबार बुटबलबाट ‘गाँठो’ फिल्म निर्माणको घोषणा गरेका हुन् । यसअघि पनि उनले ‘र्‍याग्स गाइज’ निर्माणको घोषणा गरेका थिए । ‘त्यो फिल्म विविध कारणले गर्दा अलिक पछि मात्रै बन्ने भयो । त्यो भन्दा अघि ‘गाँठो’ बन्नेछ’ निर्माता समेत रहेका भुसालले भने । फिल्म निर्माणमा उनलाई तिलक क्षेत्रीले सघाउने छन् । त्यसो त सुरजले ‘होस्टेल रिटन्र्स’ बनाउनु अघि पनि ‘लभ नम्बर’ बनाउने भनेका थिए । जुन फिल्म पनि बन्न पाएको छैन । ‘गाँठो’ को छायांकन मुख्यत: गुल्मीमा गरिने बताइएको छ ।

Comments

comments