Mon. Mar 1st, 2021

Seto Parda

Digital Film Patrika

शिव परियारको गीत ‘तिम्रो याद भुलाउन’ सार्वजनिक

1 min read
‘तिम्रो याद भुलाउन’बोलको गीतको भिडियोमा सञ्चारकर्मी नरेश भट्टराई र साक्षी लम्साल फिचर्ड छन् ।

सेताेपर्दा

गायक शिव परियारको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । ‘तिम्रो याद भुलाउन’बोलको गीतको भिडियोमा सञ्चारकर्मी नरेश भट्टराई र साक्षी लम्साल फिचर्ड छन् । गीतमा उमेश रेग्मीको शब्द तथा संगीत, महाराज थापाको संगीत संयोजन छ ।
गीतबारे गायक शिव परियार भन्छन्, ‘यसलाई राम्रो आधुनिक गीतका रुपमा चित्रण गर्न चाहन्छु । गीतले नशा पिएर रमाईलो गर्ने भन्दा पनि नशा पिएर म खराव भएँ भन्ने म्यासेज दिन्छ । पक्कै स्रोता–दर्शकले मन पराउनुहुनेछ ।’

युवराज वाइवाले निर्देशन गरेको भिडियोलाई निसल पौडेलले छायाँकन गरेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका छन् । गीतको भिडियो गोत्र इन्टरटेन्टमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Comments

comments