Wed. Jan 20th, 2021

Seto Parda

Digital Film Patrika

‘सुनन’मा आकाश र उषाको प्रेम

1 min read

तिहारको कोशेली स्वरूप गायक  सुशील श्रेष्ठ ‘जुजु’ले  नयाँ म्युजिक भिडियो  ‘सुनन’ सार्वजनिक गरेका छन्। 
रोमाण्टिक भर्सनको  यस गीतमा स्वर सुशील श्रेष्ठ ‘जुजु’ को रहेको छ भने शब्द स्वयम् गायक सुशील श्रेष्ठ ‘जुजु’ र स्वर्गीय आशिष तामाङको रहेको छ।  यस गीतलाई स्वर्गीय आशिष तामाङले नै संगीतवद्द गरेका हुन्।  

नगरकोट वरपर छायांकन गरिएको म्युजिक भिडियोमा  नायक आकाश श्रेष्ठ र उषा उप्रेतीको प्रेम र रोमान्स देख्न सकिन्छ।   भिडियोमा प्रकाश जिसीको समेत  अभिनय देख्न सकिन्छ। भिडियोमा सुदिप बरालको कन्सेप्ट र छायांकन रहेको छ।  टेकेन्द्र शाहले भिडियोलाई सम्पादन गरेका हुन्।  काजी बहादुर श्रेष्ठ उत्पादक  रहेको भिडियोलाई आचार्य गोपालको निर्देशनमा तयार पारिएको हो। गायक श्रेष्ठको अफिसिएल युट्युव च्यानल ‘ जुजु क्रियशन’  मार्फत भिडियो सार्वजनिक गरिएको हो।

Comments

comments