Sat. Dec 5th, 2020

Seto Parda

Digital Film Patrika

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

1 min read

सेताेपर्दा

१ सय १ वर्षको उमेरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । पारिवारिक श्रोतका अनुसार पछिल्लो समय बिरामी राष्ट्रकविको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको हो ।

घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो ।

घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो ।

नेपाली सेनाका मानार्थ कर्णेलबाट समेत सम्मानित रहेका राष्ट्रकवि घिमिरेको अन्त्येष्टिको तयारी सेनाले गर्ने भएकाे छ । सैनिक सम्मानका साथ उनको अन्त्येष्टि गर्ने सेनाको तयारी छ ।

Comments

comments