Tue. Aug 4th, 2020

Seto Parda

Digital Film Patrika

थप ३२३ जनामा कोरोनाकाेसंक्रमण, एककाे मृत्यु, संक्रमितको संख्या ३२३५

1 min read
नेपालमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ भने थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सँगै नेपालमका कोरोना संक्रमीतको संख्या तीन हजार दुई सय ३५ पुगेको छ ।

सेताेपर्दा काेराेना अपडेट

नेपालमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ भने थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सँगै नेपालमका कोरोना संक्रमीतको संख्या तीन हजार दुई सय ३५ पुगेको छ । भने कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुर्खेत पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीयको कोरोना संक्रमणबाट मृत्यु भएको हो । जेठ ७ गते भारतबाट आएका उनी विद्यापुरको जनता माविको क्वारेन्टिनमा १४ दिन बसेपछि आरडीटी टेस्ट गरेर घर गएका थिए । घर गएकै राति उनको निधन भएको थियो ।
सुर्खेतमा पीसीआर विधिबाट गरिएको परीक्षणले उनमा कोरोना संक्रमण देखाएको हो ।

शनिबार भेटिएका संक्रमित मध्ये दुई सय ८६ जना पुरूष र ३७ जना महिला छन्।
नेपालमा हालसम्म ३६५ जना उपचारपछि निको भएका छन्। पछिल्ललो २४ घण्टामा ३२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका हुन्।

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशका ७० जिल्लामा संक्रमण देखिएको छ।

Comments

comments