Tue. Aug 4th, 2020

Seto Parda

Digital Film Patrika

थप २७८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ९१२

1 min read
नेपालमा थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सेताेपर्दा काेराेना अपडेट

नेपालमा थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या २ हजार ९१२ पुगेको जनाए । संक्रमित हुनेमा सुनसरीका २१ जना, झापा १२, मोरङका ६ जना, गुल्मीका १ जना, अर्घाखाँचीका १ जना, नवलपरासीका २ जना, पाल्पाका १ जना, रुपन्देहीका १८ जना, सिन्धुलीका २ जना, बाराका ३ जना, तनहुँका २ जना र भोजपुरका ५ जना रहेका छन् ।

त्यसैगरी दैलेखका ९० जना, कपिलवस्तुका ४४ जना, महोत्तरीका १७ जना, कैलालीका ४ जना, अछामका १ जना, बझाङका १ जना, रामेछापका १७ जना, काभ्रेका ५ जना, जुम्लाका ३ जना, हुम्लाका १ जना, दोलखाका १ जना, रामेछापका १ जना, गोरखाका १ जना,
दाङका १ जना, सुर्खेतका १ जना, धनुषाका ४ जना, कास्कीका १ जना, र रौटहटका ६ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म नेपालमा १ लाख ६६ हजार ७६५ जना क्वारेन्टाइनमा रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या २ हजार ५६८ जना रहेका छन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेखका, बाजुराका, दोलखा, पाल्पाका र सुर्खेतका एक एक गरी ११ जनाको मृत्यु भएको छ ।
साथै गएको २४ घण्टामा थप ४३ जना डिस्चार्ज भएका छन् भने जम्मा डिस्चार्ज हुनेको संख्या ३३३ रहेको छ ।

Comments

comments