Tue. Aug 4th, 2020

Seto Parda

Digital Film Patrika

भूवन केसीलाई उछिन्दै चलचित्र विकास बोर्ड अध्यक्षमा दयाराम दाहाल नियुक्त

1 min read
बिहिबार बसेको मन्त्रीपरिषद्को बैठकले निर्देशक दयाराम दाहाललाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सेताेपर्दा

विगत ६ महिनादेखि नेतृत्व विहिन रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पाएको छ । बिहिबार बसेको मन्त्रीपरिषद्को बैठकले निर्देशक दयाराम दाहाललाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १० जनाको आवेदन परेको थियो । जसमा, ३ जना नायक भूवन केसी र सास्कृतिक संस्थानका पूर्व प्रबन्धक राजेश थापा र दहालकाे नाम मन्त्रीपरिषद्मा सिफारिश गरिएको थियो ।

दाहालले अब २ बर्ष विकास बोर्डको नेतृत्व गर्नेछन् । यसअधि दाहाल चलचित्र विकास बोर्डको सदस्य समेत हुन् । तत्कालिन अध्यक्ष केशव भट्टराइको असमायीक निधन भएपछि बोर्ड नेतृत्व विहिन भएको थियो ।

दहालले ‘दौतरी, ठूल्दाई, चाँदनी, जंगे, ढुकढुकी, तँ त साह्रै विग्रिस नि बद्री, भरिया, दाइजो, लगायतका चलचित्रहरू निर्देशन गरेका छन् ।

Comments

comments