Tue. Aug 4th, 2020

Seto Parda

Digital Film Patrika

एकैदिन २३९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ सय नाध्याे

1 min read
सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेकाे छ ।

सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ जारि गरेको विज्ञप्तीमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यससँगे सोमबार एकैदिन २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार साँझ घोषणा गरिएको १३ जनामा कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना छन् । यस्तै पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जना, र रुपन्देहीको गैडहवाका २ जना छन् ।

सोमबार नै मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले २२६ संक्रमित थपिएको बताएका थिए ।

२२६ मध्ये संक्रमित हुनेहरुमा सबैभन्दा बढि दैलेखका ४१, कपिलवस्तुका ४०, सर्लाहीका ३८, जुम्लाका १९, रौटहतका १८, कैलालीका १४ र सल्यानका १० जना रहेकाछन् । त्यस्तै दाङका ९, बाँकेका ७, धनुषाका ७, सुर्खेतका ५, सिरहाका ५, नवलपरासी पूर्वका ३, पाल्पा ३, रुपन्देही २, झापाका २, महोत्तरीका २, जना रहेका छन् । त्यसैगरी
मकवानपुर, उदयपुर, अछाम, बैतडी, डोटी,कञ्चनपुरका १ १ जना रहेकाछन् ।
क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ३३ हजार ९७५ रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार ५ सय ६९ जना रहेको छ ।

मन्त्रालयका अनुुसार सोमबारसम्म नेपालमा आरडिटी विधिबाट १ लाख १३ हजार ७५७ नमुना परीक्षण भएका छन् । पिसिआर विधिबाट भने हालसम्म ७१ हजार ९ सय ३ परीक्षणहरु गरिएका छन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भएको छ । २२१ जना निको भएर घर फर्किएका छन् ।

Comments

comments