Tue. Aug 4th, 2020

Seto Parda

Digital Film Patrika

थप १८९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार ४०१ पुग्यो

1 min read
पछिल्लो २४ घण्टामा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो ।

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार ४०१ पुगेको जनाए ।

मन्त्रालयका अनुसार सबैभन्दा बढि कपिलवस्तु १०९ जना पुष्टि भएका छन् । त्यस्तै सर्लाही १७, दैलेखका १४, सिरहा ११, सप्तरीका ९, धनुषा ७, रौतहट ६, दाङ ५, महोत्तरी ४, पर्सा २, संखुवासभा २, झापा १, ललितपुर १, बारा १ जना रहेकाछन् ।

संक्रमितमध्ये हालसम्म २१९ जना निको भएर घर फर्किइसकेका छन् । हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक गरी ६ जनाको मृत्यु भएको छ ।

Comments

comments