Tue. Aug 4th, 2020

Seto Parda

Digital Film Patrika

१७० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार २१२ पुग्यो

1 min read

नेपालमा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार २१२ पुगेको जनाए ।

संक्रमित हुनेमा कपिलवस्तुका ५१, रौटहटका ५६, झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाट सुस्ता पूर्वका २, , सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना रहेका छन् ।

संक्रमितमध्ये हालसम्म २०६ जना निको भएर घर फर्किइसकेका छन् । मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ५ हजार ४ सय ७८ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ६४ हजार १ सय ४४ परीक्षणहरु गरिएका छन् ।
शुक्रबारको अपडेटमा क्‍वारेन्टाइनमा ९९ हजार ३ सय ३६ जना रहेका छन् । हालसम्म आइसोलेसनमा देशभरी १ हजार जना रहेका छन् ।

र याे पनि हेर्नुहाेस

Comments

comments