गीतकार रत्नशमशेर थापाको निधन
1 min read
सेताेपर्दा
गीतकार रत्नशमशेर थापाको निधन भएको छ । बिहीबार दिउँसो १२ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हाे।
बुधबार बेलुकी अस्वस्थ भएपछि उनलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । उनको ८३ वर्षको उमेरमा निधन भएको हो ।
उनमा कोरोना संक्रमण जाँच गर्न स्वाब समेत लिइएको छ ।
थापाको ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’, ‘जाग-लम्क-चम्क हे नौजवान हो’, ‘विछोडको पीडा नसकी खप्न’लगायतका गीत चर्चित छन् । रत्नशमशेरका श्रीमती र दुई छोरा छन्।