Sun. Apr 18th, 2021

Seto Parda

Digital Film Patrika

थप १५६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १०४२ पुग्यो

1 min read

सेताेपर्दा काेराेना अपडेट

पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना भाइरस ९कोभिडङ–१९० को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ ।यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिएका हुन् ।

नेपालमा पहिलो पटक अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित भेटिएका हुन् ।पछिल्लो २४ घण्टामा थप संक्रमण पुष्टि हुनेहरुमा धनुषाका २९ जना, झापाका २५ जना, रौतहटका २० जना, सप्तरीका १४ जना, सुर्खेतका १३ जना, दैलेखका ८ जना, सर्लाहीका ७ जना, स्याङ्जाका ३ जना, दोलखा, कैलाली र बर्दियाका २ र २ जना र बाँके, मकवानपुर, दार्चुला, बझाङ, सोलुखुम्बु र नवलपरासी पूर्वका एकरएक जना रहेका छन् ।

र यो पनि हेर्नुहोस

Comments

comments