Sat. Dec 5th, 2020

Seto Parda

Digital Film Patrika

११४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८८६ पुग्यो

1 min read

सेताेपर्दा काेराेना अपडेट

बुधबार एकै दिन ११४ जनामा कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङ अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ र पोखरामा गरिएको परीक्षणमा एकै दिन यति धेरै संख्‍यामा संक्रमित भेटिएका हुन् । संक्रमित हुनेमा झापाका १७ जना, सप्तरीका ११ जना, मकवानपुर हेटौंडाका १, रौतहटका ३६, बागलुङका ६, रुकुम पूर्वका ३, दाङका १५, बाँकेका १६, सिरहाका २, बाराका ७ जना रहेका छन् ।

हालसम्म आइसोलेसनमा देशभरी ६९९ जना रहेका छन् । हालसम्म संक्रमित मध्ये १८३ जना निको भएर घर फर्किइसकेका छन् । कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीमा एक र बाराका एक गरी ४ जनाको मृत्यु भएको छ ।

र याे पनि हेर्नुहाेस

Comments

comments