Tue. Aug 4th, 2020

Seto Parda

Digital Film Patrika

थप ७ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितको संख्या ६८२

1 min read

सेताेपर्दा काेराेना अपडेट

नेपालमा थप ७ जनामा संक्रमण पुष्टि भए याे सँगै कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थपिएका नयाँ संक्रमितहरुमध्ये अछामका १, बर्दियाका ३ जना, पर्साका १ जना, बाराका १ जना र बाराका मृतक वृद्ध गरी ७ जना रहेको बताए । सोमबार बिहान मात्रै ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

हालसम्म मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा आरडीटी विधिबाट ९५ हजार १ सय ९२ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ५१ हजार ६ सय ४२ परीक्षणहरु गरिएका छन् । क्वारेन्टाइनमा ४६ हजार २९ जना रहेका छन् ।

हालसम्म संक्रमितहरु मध्ये १ सय १२ जना निको भएर घर फर्किइसकेको मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि भएकामध्ये सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीमा एक र बाराका एक गरी ४ जनाको मृत्यु भएको छ ।

र याे पनि हेर्नुहाेस्

Comments

comments