Mon. Aug 10th, 2020

Seto Parda

Digital Film Patrika

थप १९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६०३

1 min read
नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ ।

सेतोपर्दा / कोरोना अपडेट

नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ । आइतबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा रुपन्देहीका रपर्साका ३ ३ जना र काठमाडौंका , झापाका, बाराका , रौटहटका, सर्लाहीका एकएकजनामा संक्रमण देखिएको बताए ।

त्यसैगरी नुवाकोटका १, कपिलवस्तुका ३ र गुल्मीका १ जनामा संक्रमण देखिएको छ । आइतबार पहिलोपटक नुवाकोटमा संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा आरडीटी विधिबाट ९० हजार २६ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ४८ हजार ८ सय १५ परीक्षणहरु गरिएका छन् । हालसम्म संक्रमण पुष्टि भएकामध्ये सिन्धुपाल्चोकमा एक र बाँकेमा एक र गुल्मीमा एक गरी ३ जनाको मृत्यु भएको छ ।

Comments

comments