Mon. Aug 10th, 2020

Seto Parda

Digital Film Patrika

थप ७ जनामा कोरोना पुष्टि, स‌ंक्रमित स‌ंख्या ५९१

1 min read
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका अनुसार थप ७ जनामा सक्रमण पुष्टि भएको हो योसँगै संक्रमितको संख्या ५९१ पुगेको छ ।

सेतोपर्दा कोरोना अपडेट

शनिबार साँझ फेरि थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका अनुसार थप ७ जनामा सक्रमण पुष्टि भएको हो योसँगै संक्रमितको संख्या ५९१ पुगेको छ ।
नेपालमा शनिबार मात्रै ७५ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ ।
शनिबार मध्याह्न ३२ जना, दिउँसो ३६ र राति ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनाएको छ ।
शनिबार सबैभन्दा धेरै बाँकेको नरैनापुर गाउँपालिकामा २७ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नरैनापुरमा मात्रै कोरोना संक्रमितको संख्या ११२ पुगेको छ ।

सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना, कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना, मायादेवी गाउँपालिकामा ३, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा गरी ११ जना, बैतडीमा चार जना, सुर्खेतमा ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, बर्दियामा, झापा, गुल्मी, बारा, चितवन र काठमाडौंमा पनि एकरएक जना संक्रमित भेटिएको मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।

नेपालमा हालसम्म ३ कोरोनाबाट जनाको मृत्यु भइसकेको छ भने ७० जना संक्रमित निको भएका छन् । देशभर ४५ हजार ९५९ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

Comments

comments