दिवेश पोखरेल बने अमेरिकन आइडलको उपविजेता
1 min read
सेतोपर्दा
नेपाली युवा दिवेश पोखरेल उर्फ ‘अर्थर गन’ अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपविजेता बनेका छन् । अमेरिकन आइडलको १८ औं सिजनकी बिजेता भने २१ बर्षकी जस्ट साम बनेकी छिन् । आजको समापान शोमा टप फाइभमा पुगेका दिवेश भोटिङमार्फत टप टुमा पुगेका जित्न भने चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने ।
दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।
र यो पनि हेर्नुहोस