Tue. Aug 4th, 2020

Seto Parda

Digital Film Patrika

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजिटिभ, उपचारमा संलग्न १० जनालाई क्वारेन्टिइनमा

1 min read
धुलिखेल अस्पतालले उपचारमा संलग्न १० जनाको टोलीलाई क्वारेन्टाइनमा राख्ने र यसअघि नै आकस्मिक कक्षलाई सिल गरेकोमा त्यसलाई निरन्तरता दिने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पताल मृत्यु भएकाे छ। मृत्युपछि धुलिखेल अस्पतालमै गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको बताएको छ । बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो ।
धुलिखेल अस्पतालले मृतक महिलाको उपचारमा संलग्न १० जनाको टोलीलाई क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ । अस्पतालको ल्याबमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि यो तयारी गरिएको अस्पताल उच्च स्रोतले बताएको छ ।

धुलिखेल अस्पतालले उपचारमा संलग्न १० जनाको टोलीलाई क्वारेन्टाइनमा राख्ने र यसअघि नै आकस्मिक कक्षलाई सिल गरेकोमा त्यसलाई निरन्तरता दिने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

Comments

comments