Wed. Aug 5th, 2020

Seto Parda

Digital Film Patrika

सिनेमा मन्थनमा निश्चल बस्नेत प्रदिप भट्टराई र मिन बहादुर भाम निम्त्याइने

1 min read

सेतोपर्दा

सेतोपर्दा डटकमले आफ्नो नियमित कार्यक्रम सिनेमा मन्थनलाई अनलाईन लाईभ सञ्चालन गर्ने भएको छ । यसपालीको सिनेमा मन्थनमा नेपाली चलचित्रमा स्थापित निर्देशकहरुलाई एकैसाथ उभ्याउने भएको हो । सिनेमा मन्थनको यसपालीको श्रृखंलामा निर्देशकहरुसँगको कुराकानीमा ‘सोच, सिर्जना र परिकल्पना’ शिर्षकमा हुनेछ।
यो श्रृखंलामा लुट निर्देशन गरेर नेपाली सिनेमाको धार परिवर्तन गर्ने निर्देशक निश्चल बस्नेत, नेपाली चलचित्रको अन्र्तराष्ट्रिय बजार तथा प्रर्बदनको ढोका ढक्ढकाउदै अन्तर्रराष्ट्रिय अर्वाड भित्राउने निर्देशक मिन बहादुर भाम र नेपाली चलचित्रमा चलिरहेको हाँस्य संरचना भन्दा माथि उठेर फरक स्वाद चखाउने निर्देशक प्रदिप भट्टराईलाई निम्त्याएकाे छ । यो सेसनको सञ्चालन बलिउडमा लेखकको परिचय बनाईसक्नु भएकी चलचित्र लेखक सम्पदा मल्लले गर्नुहुनेछ।
यहिँ बैशाख १९ गते शनिबार साँझ ठिक ५ बजे बाट सुरु हुने कार्यक्रम सेतोपर्दाको आधिकारिक फेशबुक पेज www.facebook.com/setoparda बाट प्रत्यक्ष हेर्न सकिनेछ ।

र याे पनि हेर्नुहाेस्

Comments

comments