Mon. Mar 1st, 2021

Seto Parda

Digital Film Patrika

बलिउडका अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन

1 min read
कपुरको विहान ५ बजेर २० मिनेटमा एचएन रिलायंस फाउंडेशन अस्पताममा निधन भएको हो ।

सेतोपर्दा

बलिउडका चर्चित अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । कपुरको विहान ५ बजेर २० मिनेटमा एचएन रिलायंस फाउंडेशन अस्पताममा निधन भएको हो ।
क्यान्सरबाट पीडित ऋषि कपूर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको भारतीय स‌‌ञ्चार माध्यमले जनाएकाछन् ।

ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।

सन् १९५२ मा कपुर परिवारमा जन्मिएका ऋषि बलिउड अभिनेता पृथ्वीराज कपुरका नाति र राज कपुरका छोरा हुन् । ऋषिको पहिलो पटक सन १९७० ‘मेरो नाम जोकर’ मा बालकलाकारका रुपमा देखिएका अभिनय गरेका थिए। पिता राज कपूरको मुख्य भूमीका रहेको यस चलचित्रमा उनले उनैको बाल्यकालको भूमिका निर्वाह गरेका थिए । त्यसको तीन वर्षपछि उनको पहिलो लिड रोल भएको फिल्म सार्वजनिक भएको थियो, ‘बब्बी’ । यसबाट उनले उत्कृष्ट अभिनेताको फिल्मफेयर अवार्ड जिते ।

ऋषिले जीवनकालभर ९२ फिल्ममा रोमान्टिक रोल निर्वाह गरे । जसमध्ये ३६ फिल्म बक्स अफिसमा हिट भए । तर, अमेरिकाबाट फर्किएपछि सुरु गरिएको ‘शर्माजीकी नम्किन’ को भने छायांकन अधुरै रहयो ।
६७ वर्षीय ऋषिको पछिल्लो पटक ‘द बडी’ रिलिज भएको थियो । ऋषि कपूरकी पत्नी नितू कपूर बलिउडकी अभिनेत्री हुन् । त्यस्तै छोरा रणबिर कपूर बलिउडका चर्चित अभिनेता हुन् भने छोरी रिद्दीमा कपूर सहनी फेसन डिजाइनर हुन् ।

Comments

comments