Thu. Feb 25th, 2021

Seto Parda

Digital Film Patrika

तक्मे बुढाको स्वरमा ‘सेल्फी खिचौँला’

1 min read

सेतोपर्दा ।

हाँस्य कलाकारको रुपमा परिचित तक्मे बुढा अर्थात विल्सन विक्रम राईको आवाजमा गीत ‘सेल्फी खिचौँला’ सार्वजनिक भएको छ । विल्सनकै शब्द रहेको गीतको गायनमा मेलिना राई सघाएकी छन् । गीतमा दीपक शर्माको संगीत रहेको छ भने नरेन्द्र वियोगीले संयोजन गरेका छन् ।

सुरेन्द्र बसेलको नृत्य निर्देशन रहेको गीतको भिडियोमा बुद्धि तामाङ र रजनी गुरुङको अभिनय तथा नृत्य रहेको छ । गायक द्वय मेलिना र विल्सन पनि भिडियोमा देखिएका छन् ।

डब्लुबिआरको निर्देशन रहेको भिडियोलाई विक्रम डिसिले छायांकन गरेका हुन् भने सम्पादन मनोज कार्कीको हो ।

हेर्नुहोस् भिडियोः

Comments

comments