Mon. Mar 1st, 2021

Seto Parda

Digital Film Patrika

सेनाको गीत ‘गोर्खाली’

1 min read

सेतोपर्दा ।

नेपाललाई विश्वले चिन्ने केही आधार मध्ये नेपाली आर्मी पनि हो । १८ औँ सताब्दीदेखि नै नेपाली सेना बहादुर सेनाको रुपमा चिनिने गर्छन् । पहिलो र दोस्रो विश्वयुद्धमा बेलायतको पक्षबाट लडेको नेपाली सेनालाई विश्वले ख्याल गरेको थियो । भारत र बेलायत आर्मीमा नेपाली युवाहरुको लागि गोर्खा पल्टन भनेर छुट्टै पल्टन नै छुट्याउने चलन छ ।

नेपालीहरुको बहादुरीलाई लिएर धेरै गीतहरु गाइएका छन् । यस्तैमा ‘गोर्खाली’ बोलको अर्को गीत सार्वजनिक भएको छ । भारतीय सेनामा कार्यरत गोर्खा आर्मीको कथा गीतमा देखाइएको छ ।

स्वर्गीय मंगल वाइबाको शब्द तथा संगीत रहेको गीतलाई लाक्पा छिरिङ तामाङले गाएका हुन् । गीतको भिडियोमा मन्जित, अश्विन, विनम, समृद्धि लगायतका कलाकारको अभिनय रहेको छ ।

गीतलाई बिहिबार ओएसआर डिजिटलको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

हेर्नुहोस् गीतः

Comments

comments