Sun. Apr 18th, 2021

Seto Parda

Digital Film Patrika

‘काेराेनाकाे जाेखिम सेटमा भन्दा हलमा बढी छ’, दिपेन्द्र लामा

1 min read
'काठमाडौंको एउटा सवारी साधनमा मात्रै ५० देखि ६० जना यात्रु सवार गर्छन् फिल्मको सेट भन्दा त्यहाँ कोरोनाको जोखिम छ ।' दिपेन्द्र लामा

सेतोपर्दा ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हुन नदिन विभिन्न सावधानी अपनाइरहिएको छ । सबै भन्दा प्रभावित देश चीनसँग सीमाना जोडिएकाले नेपाल पनि कोरोना संक्रमणको जोखिममै रहेको छ ।

कोरोनाको जोखिम कम गर्न नेपाल चलचित्र निर्माता संघले प्रेस विज्ञप्ती निकाल्दै चलचित्र छायांकन नगर्न चलचित्रकर्मीलाई आग्रह गरेको छ । तर संघको यो निर्णय अपरिपक्व निर्णय रहेको निर्देशक दिपेन्द्र लामा बताउँछन् । नयाँ चलचित्र ‘२ नम्बरी’को छायांकनको तयारीमा रहेका लामाले सेतोपर्दालाई सो कुरा बताएका हुन् ।

“फिल्मको सेटमा ३५ देखि ४० जना मात्रै भेला भइन्छ । यहाँ कोरोनाको त्यस्तो जोखिम छैन । जबकी ७ सय ८ सय मानिस बसेर फिल्म हेरिने सिनेमा घर चलिरहेका छन् । काठमाडौंको एउटा सवारी साधनमा मात्रै ५० देखि ६० जना यात्रु सवार गर्छन् फिल्मको सेट भन्दा त्यहाँ कोरोनाको जोखिम छ ।” लामाले बताए । सरकारले पनि काम रोक्नु भन्दा सावधानी पूर्वक काम गर्नमा जोड दिनुपर्ने उनको आशय छ ।

“निर्माता संघ भनेको एउटा पेशागत संगठन हो । यसले भनेको मान्नुपर्छ भन्ने छैन । जबकी विज्ञप्तीमा लेखिएको कुरामा कुनै लोजिक नै छैन ।” संघले निर्णय लिनु अघि निर्माताहरुसँग छलफल नै नगरी प्रेस विज्ञप्ती निकालेकोमा पनि लामाले असन्तुष्टी जनाए ।

सरोज नेपालीको निर्माण तथा दिपेन्द्र लामाका निर्देशनमा बन्दै गरेको चलचित्र ‘२ नम्बरी’ कास्कीको विभिन्न स्थानमा छायांकन हुनेछ । चलचित्रमा दयाहाङ राई, वर्षा राउत, पल शाह लगायतका कलाकार मुख्य भूमिकामा देखिँदै छन् । यस चलचित्रमा दयाहाङको जोडीको रुपमा भुटानी अभिनेत्री उगेन चोदेन देखिँदै छिन् ।

चलचित्रको छायांकन करिब ३५ दिनमा सकिने र जनै पूर्णीमामा प्रदर्शनमा ल्याउने गरी चलचित्रको काम हुने निर्देशक लामाले बताए ।

Comments

comments