Mon. May 25th, 2020

Seto Parda

Digital Film Patrika

प्रभाव जमाउन नसक्ने कमजोर भाइरस ‘सेन्टी भाइरस’ समीक्षा

1 min read
सम्रगमा चलचित्र 'सेन्टी भाईरस' रामबाबु गुरुङको साईली र कबड्डी सिक्वेल बाहेक चलचित्र हेरेर अपेक्षित चलचित्रको रुपमा निरासाजनक चलचित्र हो ।

सेताेपर्दा ।

नेपालमा जहिले पनि अस्थिरता हुने चिज हो राजनीति । हरेक दिनको राजनीतिले जनता आक्रान्त छन् । यहि राजनितीलाई ब्यंग्य गर्दै शुक्रबारदेखि चलचित्र ‘सेन्टी भाईरस’ देशभर प्रदर्शनमा आएकाे छ । जसलाई विभिन्न सामाजिक काम गरेर चर्चामा आएका हाँस्यकलाकार द्वय धुर्मुस सुन्तलीले निर्माण गरेका हुन् ।

कलाकारबाट समाजिक अभियन्ताको पहिचान बनाएर वाह वाही कमाएका धुर्मस सुन्तलीले बनाएको चलचित्रबाट आएको नाफा मध्ये अाधा रकम समेत रंगशाला निर्माण अभियानमा खर्च गर्ने प्रण गरिसकेका छन् । अब देशकै गौरवमय परियोजनासँग जोडिएको चलचित्रको समीक्षा गर्नुकी परियोजनालाई अलग्याएर यसको समीक्षा गर्नु बढो दोधार पूर्ण कुरा हो ।

चलचित्रमा निर्देशकलाई मुख्य भागिदार वा सुत्रधार मानिन्छ त्यसैले पनि ‘सेन्टी भाईरस’ दर्शकले आश गरेको चलचित्र हो । जसलाई ‘कबड्डी’ जस्तो अर्गानिक चलचित्र बनाएर अर्गानिक चलचित्र निर्देशकको उपमा पाएका निर्देशक रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र हो ।

चलचित्रमा चुनाव जितेर राष्ट्रिय राजनीतिमा उदाउन चाहने एक नेता। आफ्नो पार्टिलाई जिताउन चाहने वडाको पार्टि अध्यक्ष, निष्ठाको राजनीति गरेर सत्ताको संघारमा पुग्ने हरुवा नेता, सुकुम्बासी टोलको टोलि नेता र आफ्नो बाबुलाई जसरी पनि जिताउन चाहने हठि छोरी र नेताका आसेपासे कार्यकर्ता जस्ता पात्रका वरिपरि चलचित्र घुमिरहन्छ ।

चलचित्रलाई सिर्जनशिल सिर्जना मान्ने हो भने चलचित्र सेन्टी भाईरसमा खासै नयाँपन केहि देखिदैन । उहि पुरानै खालको घुमाइ फिराइको कहानीमा पात्रहरुको अदलबदल जस्तै लाग्छ । जसको प्रमाण हो बुद्धि तामाङले धेरै पटक चलचित्र र सिरियलमा दोर्याएको हैट पात्र, कबड्डी कबड्डी चलचित्रमा झण्डा समाएर जड्याहको भूमिकामा देखिने कमलमणी नेपालको पात्र, म्याकुरी उपनाममा म्याकुरी थेगो दोहोर्याउने पात्रबाटै प्रष्ट हुन्छन् कि चलचित्र पुरानै कथा र पात्रहरुको घिसीपिटी नै हो ।

चुनाव जित्नका लागि अनेकन जालझेल गर्नु र पात्रलाई एन्टागोनिष्ट तथा प्राेटागाेनिष्ट प्रमाणित गर्न अनेकन कथाका तानावाना बुन्नुले चलचित्रकाे कमजोर पटकथा प्रष्ट देखिन्छ ।

टेलिसिरियलबाट हाँस्यकलाकार जोडिको नाम कमाएका धुर्मस सुन्तली उर्फ सिताराम कट्टेल र कुञ्जना घिमिरे लामो समयपछि पर्दामा देखिएका छन् । तर धुर्मुस सुन्तलीको अभिनयले खासै छाप छोड्न सकेको भने छैन् । दयाहाङ राई चलचित्रमा हराएका छन्, चलचित्रमा छाप छोड्न सक्ने कलाकारकाे अभिनय खोज्न गाह्रो छ ।

चलचित्रमा दृश्य भन्दा संवादहरु हावि छन् । हसाउने नाममा अनावश्यक संवादहरु जवरजस्ती घचेटिएका छन् । कथा र पटकथाको संरचना एकदमै कमोजोर छ । चलचित्रमा हाँस्यरस भर्नकै लागि सम्बन्धको संरचनालाई यति कमजोर बनाइएको छ कि अन्यमा भावुक दृश्यहरुले समेत दर्शकलाई बाध्न सकेको छैन् ।

चलचित्रमा प्रयोग गरिएको फनफनी बोलको गीत र नाचको कुनै औचित्य देखिदैन, मानौ कलाकार लाई रमाईलो गर्न र गीत बजार ब्यवस्थापन सहजताका लागी सहज बाटो जस्तो मात्रै लाग्छ।

चलचित्रमा कमै दृश्यभाषा भएकाले छाँयाकार शैलेन्द डि कार्कीकाे चलचित्रमा सिर्जनशिलता भेट्न अलिक गाह्रै पर्छ । सम्पादकले भने आफ्नो कैचीलाई भरसक चलाएका छन्, सम्पादकले चलचित्र काटेर चिटिक्क बनाउन गरेको मेहनत प्रष्ट देखिन्छ । चलचित्रमा पाश्र्व ध्वनीको तारतम्य खासै मिलेको छैन् । कतिपय ठाउँमा ध्वनी र संवादकाे तारतम्म नमिल्दा संवादहरू दर्शकलाइ सु्न्न गाह्राे हुन्छ ।

सम्रगमा चलचित्र सेन्टी भाईरस रामबाबु गुरुङको साईली र कबड्डी सिक्वेल बाहेक चलचित्र हेरेर अपेक्षित चलचित्रको रुपमा निरासाजनक चलचित्र हो । दिपकराज गिरि मार्का पछ्याएर हास्य चलचित्र बनाउने हास्यकलाकारका लागि कुरिकुरी हो ।

चलचित्र सेन्टी भाईरस अरुको घरझगडामा रमाउनेहरुका लागी रमाईलो चलचित्र बन्न सक्छ तर परिवारिक झगडालाई गम्भिरताका साथ हेर्नेहरुका लागि झर्को लाग्न सक्छ । धुर्मुस सुन्तलीको गौरवमय क्रिकेट रंगाशाला निर्माणका सहयोगकालागि हेर्ने हो भने नछुटाउदा हुन्छ ।

र याे पनि हेर्नुहाेस्

Comments

comments