Wed. Aug 5th, 2020

Seto Parda

Digital Film Patrika

खुम्चिएकाे क्यानभासमा फराकिलाे दृश्य चलचित्र ‘आमा’ समीक्षा

1 min read
जसरी पर्यावरण जोगाउन रुख बचाउनुपर्छ त्यस्तै नेपाली चलचित्र बचाउनका लागी दिपेन्द्र के खनाल जस्ता सिर्जनशिल निर्देशक र शर्मिला पाण्डे जस्ता आँटिला निर्माता जोगाउन जरुरी छ।

सेताेपर्दा ।

आमा शब्द सबैका लागि प्रिय शब्द हो। आमा नाममा धेरै कविता कथा वा किस्सा सुन्न पाईन्छ । यहि नामलाई सापटी लिएर शुक्रबारदेखि देशभर चलचित्र ‘आमा’ प्रदर्शनमा आएको छ । चलचित्रको नामबाट नै प्रष्ट हुन्छ यो चलचित्रमा आमाको कथा छ भन्ने । चलचित्र करियरको करिब एक दशकको यात्रामा दश वटा चलचित्रमा कला पस्किएका निर्देशक दिपेन्द्र के खनालले चलचित्र ‘आमा’ निर्देशन गरेका हुन् । चलचित्रकाे कथा पनि उनले नै बुनेका हुन् ।

सानो क्यान्भासमा खुम्चिएको चलचित्रमा घट्ने घटनालाई पर्दामा उतारेका छन् । भेन्टिलेटरमा राखिएको अचेत बाबु, कुरुवा बसेकी निरिह आमा, घरधन्दा र जागिरबाट समय निकालेर हस्पिटलमा धाइरहने छोरी, बाध्यतावश हस्पिटलको चक्कर काट्ने जागिरे ज्वाई र बाबु आमाको असहज परिस्थितीमा समेत साथ दिन नसक्ने विवश छोरा, क्रुर अस्पाताल ब्यास्थापन यीनै पात्रहरुको आसपासमा चलचित्र घुमिरहन्छ ।

एक अन्तर्रवार्तामा दिपेन्द्र के खनालले भनेका छन् ‘निर्देशनका हिसाबले आमा लाई मैले पहिलो चलचित्र मानेको छु।’ दिपेन्द्रले दावा गरेजस्तै यो चलचित्र दिपेन्द्रको चलचित्र पहिलो हो जहाँ उनी कुनै धार, बजार वा दर्शकको स्वादबाट पटक्कै बाँधिएका छैनन्, लेखक, छाँयाकार र निर्देशकका रुपमा स्वतन्त्र बरालिएका छन् ।

चलचित्र भन्ने बित्तिकै स्टारडम भन्ने धङ्गधगीबाट ग्रसीत नेपाली चलचित्रका मेकर भन्दा माथि उठेर खनालले अब्बल चलचित्र बनाउने जोखिम उठाएका छन् । यो विशुद्ध भुइँ मान्छेको कथा हो जसलाई सानो क्यानभासमा निर्देशकले कथाको वहावलाई बगाएका छन् ।

चलचित्रको बलियो पक्ष भनेको पटकथा नै हो अधिकांस दर्शकलाई ट्रेलरबाट नै कथाको छनक आकलन गर्न गाह्रो हुदैन तर पटकथाकारको संरचनाले गर्दा दर्शकलाई बाँधिरहेको अनुभूती हुन्छ । पटकथाकारले कथा संरचनामा मुख्य पात्रको मात्रै होइन साहयक पात्रहरुको संरचनामा पनि प्रसस्तै तयारी गरेको पाइन्छ । अर्थात मुख्य पात्र मात्र होइन, साहायक पात्रहरु पनि बिनाकारण पर्दामा देखिएका छैनन् । यसमा पटकथाकार, निर्देशक मात्र होइन स्यंम कलाकार पनि सजग देखिन्छन् ।


पटकथाकारको काम निपूर्ण देखिन्छ जसले चलचित्रमा घट्ने घटनालाई स्वभाविक बनाईदिन्छ । दृश्य भाषाको भरपुर प्रयोग भएको चलचित्रमा प्रयोग भएका संवादहरु पनि ओझपूर्ण छन् ।
अर्धचेत अवस्थामा पनि छोराको प्रतिक्षामा ढोकातिर आँखा पुर्याउने बाबुको दृश्यले मन अँठ्याईदिन्छ । सन्तान मोहमा पिल्सिएको गर्भवती महिलासँगको दृश्य, पानीको झरि र पात्रहरुको मनस्थिती, चट्याङको गड्याङगुडुङ् र कथाको उथल पुथल, पात्रहरुको मनस्थिती अनुसारको दृश्यको रंग चलचित्रमा प्रयोग गरिएका उदाहरणहरु हुन् ।

छोरालाई मोवाईलको आवाज मार्फत उपस्थित गराउनु । एक्सन भन्दा रियाक्सन सटहरुले चलचित्रलाई विम्वात्मक वा रचनात्मक बनाएका छन्।

एन्टागोनिष्ट र प्रोटागोनिष्टकोको सुत्रबाट गुज्रिरहेको नेपाली चलचित्र खोज्ने हो भने ‘आमा’ अपवाद हो । चलचित्रमा मुख्य द्वन्द गरिबीलाई मान्ने हो भने पैसा चलचित्रको एन्टागोनिष्ट हो । अझ यसलाई विस्तृत रुपमा भन्ने हो भने पात्रहरु समयको बन्धनमा छन् । जसले चाहेर पनि एन्टागोनिष्ट वा प्रोटागोनिष्टको भूमिका निभाउन सक्दैनन् । चलचित्रले शिर्षक आमा भएकाले मुख्य पात्र आमाले निभाउने पात्र मात्र होइन फरक पात्र मार्फत चार पुस्ते आमाहरुको यात्रालाई दर्शाउने प्रयत्न गरेको छ । आमाले आमाको कथामात्र होइन बाबुको कथालाई समेत बुलन्दसँग उठाएको छ ।

मुख्य पात्रका रुपमा देखिएकी मिथिला शर्माले आमाको चरित्रलाई जीवन्त बनाउने प्रयास सहरनिय लाग्छ, छोरीको भूमिकामा सुरक्षा पन्तको भूमिका र तयारी राम्रो देखिन्छ।

श्रीमानकाे भूमिकामा मनिष निरौलाको अभिनय पनि तारिफ योग्य नै छ । हस्पिटलमा सुत्केरीको भूमिका सरित गिरि उत्तिकै ओझपूर्ण देखिन्छिन् ।

समग्रका पर्दामा झुलुक्क देखिएका कलाकारहरु समेत बनावटि लाग्दैनन् जीवन्त देखिन्छन् । जसले निर्देशकको कलाकार छनोट र पात्र निर्माणको तयारी प्रष्ट्याउछ ।

निर्देशकले चलचित्रमा पटकथा मात्र होइन आफै चलचित्र खिचेर अर्को जोखिम उठाएका छन् । तर त्यो जोखिम दर्शकले मिठो फलको रुपमा अनुभूती गर्न सक्छन् । निर्देशकको दिमागमा भएको कथावाचनको शैलीलाई समेत क्यामेराले जीवन्त देखाउन गरेकाे प्रयत्न प्रष्टै देखिन्छ। सम्पादन तथा रंग संयाेजन उदेक लाग्दाे छैन । सम्पादनले निर्देशककाे साेचलाइ र कथावाचन लाइ पर्दामा उतार्न सजग ढंगले कैची चलाएकाछन् ।

नेपाली चलचित्रहरुमा उपेक्षामा परेको पाटो हो ध्वनी । तर चलचित्रको अर्को बलियो पाटो भनेको ध्वनी पनि हो । चलचित्रमा सिर्जना भएका आवाज तथा पाश्रव ध्वनीले चलचित्रलाई अझ अब्बल बनाएको छ । नोवे फ्रेक्स पाश्र्व ध्वनीले चलचित्रलाई अझ ज्यान भर्ने काम गरेको छ ।

निर्देशक खनालले लेखक, छाँयाकार र निर्देशक समेत गरि तिनवटै विधामा आफ्नो बलियो उपस्थिती जनाएका छन् । लेखक छाँयाकार पाटो समेत सम्हालेका निर्देशकले कथाको बहावमा कुनै कुराको कम्परमाइज गरेका छैनन् जसरी कथा बग्न चाहन्छ त्यहि अनुसार बग्न दिएका छन् ।

सम्रगमा चलचित्र ‘आमा’ दिपेन्द्र के खनालको परिपक्क चलचित्र मात्र होइन उनी आफै परिपक्क चलचित्र निर्देशक भएको प्रमाण पनि हो । चलचित्रले समाज रुपान्तरणमा टेवा पुर्याउनुपर्छ भन्ने हो भने चलचित्र ‘आमा’ एक मानक हो ।

चलचित्र लेखन, अभिनय, छाँयाकन, निर्देशनको मिठो समिश्रण हो । क्यान्भास ठूलो र सफा हुदैमा कथा प्रष्ट हुन्छ भन्ने धङधगीबाट ग्रसीत मेकरका लागी सानो क्यानभासबाट अथाह कथा भन्न सकिन्छ भन्ने ठूलो झापड हो । आफ

निर्देशकले कलात्मक भर्न प्रयास र प्रयोग गरेपनि आम नेपाली दर्शकले सहजै बुझ्न सक्ने भुइँ मान्छेको कथा बोक्ने चलचित्र हो ।

तपाईलाई आफ्नो परिवार मनपर्छ या परिवारसँग जोडिन चाहनुहुन्छ भने हेर्नेपर्ने चलचित्र हो । त्यो पनि एक्लै होइन आमा आमाबाबुसँगै बसेर हेर्ने चलचित्र हो । जसरी पर्यावरण जोगाउन रुख बचाउनुपर्छ त्यस्तै नेपाली चलचित्र बचाउनका लागी दिपेन्द्र के खनाल जस्ता सिर्जनशिल निर्देशक र शर्मिला पाण्डे जस्ता आँटिला निर्माता जोगाउन जरुरी छ।

र याे पनि हेर्नुहाेस्

Comments

comments