Mon. Mar 1st, 2021

Seto Parda

Digital Film Patrika

‘फन्को’ ले त्यो समय सम्झाउँछ : दयाहाङ

1 min read
पोखरादेखि काठमाडौंसम्मको सडक यात्राको वर्णन रहेको ‘फन्को’ मा सौगात, दयाहाङ, केकीसहित अनुप बराल, प्रियंका कार्कीलगायतको अभिनय रहेको छ । प्रियंका देश बाहिर भएकाले अनुपस्थित रहिन् ।

माघ १ देखि प्रदर्शनमा आउन लागेको ‘फन्को’ को यतिबेला ‘ठूङ्दे’ गीतलाई प्रचार हतियार बनाइएको छ । शुक्रबार गरिएको फिल्मका कार्यक्रममा पनि सोही गीत हाबी देखियो । राजेन्द्र थापाको रचनालाई चेतन सापकोटाले आफ्नै संगीतमा रेश्मा सुनुवारसँग गाएको उक्त गीत कार्यक्रममा पनि गाएरै सुनाइयो । फ्रान्सदेखि फिल्मकै प्रचारमा आएका निर्देशक सुवर्ण थापा नै खासै खुल्न सकेनन् । पहिल्यै गीत गाउँदै गायक/गायिका आफैं नाच्न थालेपछि फिल्मका कलाकारहरु रमिते बनेका थिए ।

fannkoo
फिल्मका मुख्य कलाकार सौगात मल्ललाई फिल्मबारे बोल्न आग्रह गर्दा ‘बोल्नुपर्ने केही छैन । धन्यवाद’ भन्दै कुरा टुंग्याए । दयाहाङले भने केही समय लिएरै बोले । ‘त्यो बेलाको समय सम्झिने फिल्म हो’ तर उनले कुन समयका बारेमा हो भन्नेमा गोप्य हुनै चाहे । यति भने, ‘जून समय हामीले भोगेरै आएका हौं । कुन बेलाको हो भन्ने त फिल्म हेरेपछि थाहा भई नै हाल्छ ।’
निर्देशक सुवर्णले भने ‘कानले देख्दैन, आँखाले सुन्दैन’ भने झैं फिल्मले देखिएको सबै सत्य नहुन पनि सक्छ भन्ने नै फिल्मको विषय रहेको बताए । ‘जे देखिन्छ, त्यो भ्रम पनि हुनसक्छ । फिल्मको विषय नै यही हो’ सुवर्णले भने । यसअघि ‘सुनगाभा’ बनाएर तारिफ कमाएका उनले फिल्ममा समावेश घटनाले हाम्रै समाजका चरित्रका मानवीय समस्या, दरिद्रता, संकोचलाई उजागर गर्ने दाबी गरे ।
फिल्मकी अर्की कलाकार केकी अधिकारीले भने सुवर्णसँग काम गर्ने इच्छा पुरा भएको सुनाइृन् । ‘‘सुनगाभा’ हेरेपछि नै मलाई उहाँसँग काम गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । त्यसैगरी फिल्मका कोस्टार पनि यति सक्षम हुनुहुन्थ्यो की मैले धेरै कुरा सिक्ने मौका पनि पाएँ’ केकीले भनिन् ।
पोखरादेखि काठमाडौंसम्मको सडक यात्राको वर्णन रहेको ‘फन्को’ मा सौगात, दयाहाङ, केकीसहित अनुप बराल, प्रियंका कार्कीलगायतको अभिनय रहेको छ । प्रियंका देश बाहिर भएकाले अनुपस्थित रहिन् ।

Comments

comments